Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ लाख ६० हजार हिनामिना गरेको आरोपमा वन अधिकृसहित चार जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा


    मंगलबार, फाल्गुन १० २०७८
    570
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जिल्ला वन कार्यालयका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    वृक्षरोपण गर्दा रकम हिनामिना गरेको आरोपमा वन अधिकृसहित चार जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

    अख्तियारले मुद्दा दायर गरेको अन्यमा तत्कालीन सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेल, सहलेखापाल जनक राज जोशी र जागरण विकास केन्द्र नेपाल सिम्रौनगढ–११ का अध्यक्ष मदन प्रसाद जैसवार रहेका छन् । 

    सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

    अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय बाराले आर्थिक वर्ष २०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ नगरपालिकास्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम ३ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको पुष्टी हुन आएको अख्तियारले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार