Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाल मन्दिरको २९ रोपनी जग्गा ‘सेटिङ’ मा बृहस्पतिलाई दिइएको खुलासा


    मंगलबार, फाल्गुन १० २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा नक्सालस्थित बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा ५९ वर्षसम्मका लागि सस्तो भाडा दरमा भोगचलन गर्न दिइएको खुलेको छ । संगठनले २०७२ सालमा उक्त सरकारी जग्गा वार्षिक ९० लाख रुपैयाँ भाडा बुझाउने गरी विसं २१३१ सम्मका लागि बृहस्पति विद्या सदनलाई दिएको हो ।

    यसअघिको सम्झौता नसकिँदै संगठनले बृहस्पतिलाई उक्त जग्गा बैंकमा ‘लियन’ (एक किसिमको धितो, जुनबापतको रकम चुक्ता नगरेसम्म बैंकले स्वामित्व ग्रहण गर्न/राख्न सक्छ) राखेर कर्जा निकाल्न पनि स्वीकृति दिएको छ । कानुनअनुसार सरकारी जग्गा धितो राखेर बैंकबाट कर्जा लिन पाइँदैन । स्रोतका अनुसार बाल संगठनका तत्कालीन अध्यक्ष रीता

    सिंह वैद्य, अन्य पदाधिकारी र कर्मचारीको मिलेमतोमा बैंकबाट कर्जा लिन पाउने गरी बृहस्पतिसँग सम्झौता भएको थियो । बृहस्पतिका ‘अपरेसन डिपार्टमेन्ट’ प्रमुख विनोद बडालले बाल संगठन र सदनबीच भएको सम्झौताका आधारमै बैंक अफ काठमान्डुमा जग्गाको भौतिक संरचना, आर्थिक कारोबार र संस्था जमानत बसेर ३१ करोड ३३ लाख रुपैयाँ कर्जा लिएको स्वीकार गरे ।

    सरकारी जग्गा कानुनी प्रावधानविपरीत भोगचलनका लागि दिइएकोमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । ‘बाल संगठनको हकहितमा प्रयोग गर्नुपर्ने जग्गा कानुनी प्रावधान कुल्चेर अस्वाभाविक रूपमा सस्तोमा लिजमा दिएको देखिएपछि विस्तृत अनुसन्धान गरिरहेका छौं,’ अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले भने ।

    तत्कालीन अध्यक्ष वैद्यकै अगुवाइमा २०४९ मा विभिन्न जिल्लामा रहेको बाल संगठनको जमिन निजी सम्पत्तिसरह भोगचलन र किनबेच गर्न पाइने विवादास्पद प्रावधानसहित संगठनको विधान तयार गरिएको थियो । पछि त्यही विधानको आधारमा वैद्यले बृहस्पतिलाई सस्तोमा जग्गा भाडामा दिने निर्णय गरेकी थिइन् ।  कान्तिपुर दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार