Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुरमा तीन बालिका बलात्कृत


    मंगलबार, फाल्गुन १० २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • उदयपुर। उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक  भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

    आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

    बलात्कारमा परेकामध्ये दुई बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भवती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे हाेन । तीन वटै बालिका आफन्तबाट बलात्कारमा परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार झडकेली छोरीलाई सौतेनी बुवाबाट, काकाबाट भतिजिनीलाई र भेनाले सालीलाई बलात्कार गरेका हुन् । उदयपुरको बेलका नगरपालिकामा सौतेनी बाउबाट १४ वर्षीया झडकेली छोरीलाई बलात्कार गरेको उदयपुरगढी गाउँपालिकामा १६ वर्षीया बालिकालाई भेनाबाट र त्रियुगा नगरपालिकामा ११ वर्षीया बालिकालाई काकाबाट बलात्कार भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

    एक बालिका चार महिना र अर्को बालिका सात महिनाको गर्भवती रहेको स्वास्थ्य परिक्षणबाट खुल्न आएको छ । चालु आर्थिक वर्ष भित्र २१ बलात्कारका घटना जिल्ला प्रहरी कार्यालय उदयपुरमा दर्ता भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार