Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ३८८ जना कोरोना संक्रमित थपिंदा, ४ जनाको मृत्यु


    सोमबार, फाल्गुन ९ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १२०५ जना संक्रमणमुक्त भएका छन् । 

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् । 

    यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ९२५ पुगेको छ।  हाल देशभर कोरोनाका सत्रिधmय संक्रमित देशभर ११ हजार २८२ जना रहेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार