काठमाडौं । नेपाल प्रहरीले १८ एसपीको सरुवा निकालेको छ । आइतबार राति निकालिएको सरुवामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका एसपी रविन्द्र रेग्मी रुपन्देही खटिएका छन् ।
त्यसैगरी जिल्ला इन्चार्ज पाउने एसपीहरुमा दयानिधि ज्ञवाली बागलुङ, भीम दाहाल गुल्मी, बिमलराज कँडेल सिन्धुली, लक्ष्मीराज अधिकारी धनकुटा, शारदाप्रसाद चौधरी डोटी, केदार खनाल गोरखा छन् । प्रहरी प्रधान कार्यालयले निकालेको सूचीमा गुल्मीमा दीपककुमार बस्नेतको नाम छ । तर उनको नभई भीम दाहाललाई गुल्मीमा सरुवा गरिएको छ ।
त्यसैगरी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा शेखर खनालको सरुवा भएको छ ।