Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तुलसीपुरमा बाटोको लगत कट्टा सुरु


    आइतबार, फाल्गुन ८ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा बाटोको लगत कट्टा सुरु गरिएको छ । जग्गाधनीबीचको सहमतिमा खोलिएका बाटालाई राज्यको स्वामित्वमा लिनकालागि लगत कट्टा प्रकृया सुरु गरिएको हो ।

    पहिलो चरणमा पक्की नाला र कालोपत्रे भएका करिव पचास वटा सडकको लगत कट्टा गरिने तुलसीपुर ६ का वडा अध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।

    सहमतिका बाटा खोलेर पक्की नाला र कालोपत्रे बनिसक्दा समेत लगत कट्टा नुहँदा आइपर्ने समस्याको समाधानकालागि अभियानकै रुपमा लगतकट्ट अभियान थालिएको अध्यक्ष लामिछानेको भनाइ छ ।

    पहिलो चरणमा शहर केन्द्रीत ५ वटा वडाका सडकहरुको लगत कट्टा गर्न प्रकृया थालिएको उपमहानगरपालिकाका नापी अधिकृत प्रदीप ज्ञवालीले जानकारी दिए ।

    मालपोत कार्यालय तुलसीपुर र नापी कार्यालयको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाको नापी शाखाले लगत कट्टा गर्न तथ्याङ्क संकलन थालेको छ ।

    स्थलगत अवलोकन गरी तथ्याङ्क संकलनको काम सम्पन्न भएका टोलहरुमा नापजाँच गर्ने काम सुरु भएको छ । नापी अधिकृत ज्ञवाली सहतिको टोलीले एक कार्यक्रमका बीच तुलसीपुर ६को राजापुरबाट नापजाँचको काम सुरु गरेको छ ।

    दक्षिण राजापुर टोल विकास संस्थाका अध्यक्ष नारायण कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष नवराज लामिछानेले शहर केन्द्रीत वडामा लगत कट्टा गरिने बताए । कार्यक्रमका प्रमुख अतिथि लामिछानेले नक्सामा बाटो नदेखिँदा जनताले भोग्दै आएका विविध समस्याको निराकण गर्न लगत कट्टा गर्न लागिएको जानकारी दिए ।  

    ‘बाटाहरुका लगत कट्टा गर्‍यौं भने तपाईहरुले झेल्दै आएका धेरै समस्या समाधान हुनेछन्, योसंगै बाटाले काटेको जग्गाको मालपोत पनि तिर्न पर्ने छैन’ लामिछानेले भने ।

    उपमहानगरले शहर केन्द्रीत ५, ६, ७, ८ र ९ नं. वडाका सडकहरुको लगत कट्टाकाागि प्रकृया थालेको छ । सदस्य दुजमान भण्डारीले वडाको पूर्वी भेगबाट अभियान सुरु भएको भन्दै क्रमस सबै गाउँटोलहरुका बाटाको लगत कट्टा गरिने जानकारी गराएका थिए ।

    लगत कट्टाका लागि जग्गाधनी बीच सहमती भए वडाले जुनसुकै सडकको पनि लगत कट्टा गर्न प्राविधिक सहयोग उपलब्ध गराउने उनले बताए ।

    जग्गाधनी आफैले लगत कट्टा गर्ने प्रकृया झञ्जटिलो तथा खर्चिलो भएकाले उपमहानगरपालिकाले नै रावश्व ब्यहोर्ने गरी लगत कट्टा गर्न थालेको हो ।

    राजापुर टोल विकास संस्थाका अध्यक्ष वासुदेव आचार्यले लगत कट्टा गर्ने उपमहानगरको योजनालाई आफूहरुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । न्युज कारखाला 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार