Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मछिन्द्र फुटबल क्लबका कप्तान सुजलले अन्तिम खेल गुमाउने


    आइतबार, फाल्गुन ८ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग-२०७८ विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन् । दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ । 

    तर कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार दुई खेलमा पाएको पहेंलो कार्डका कारण सुजल अन्तिम खेलमा निलम्बनमा हुनेछन् । 

    शनिबार थ्रीस्टारविरुद्ध प्राप्त १-० को जितमा विपक्षी खेलाडीसँग ठाेक्किन पुग्दा सुललले पहेंलो कार्डको सामना गरेका थिए । प्राप्त पेनाल्टी सदुपयोग गरेपछि थ्रीस्टारका गोलरक्षक प्रिसोसँग ठाेक्किन पुग्दा सुजललाई रेफ्री प्रकाशनाथ श्रेष्ठले कार्ड देखाएका थिए । 

    प्रतियोगिताको नियमावलीअनुसार दुई पहेंलो कार्डको सामना गरेपछि एक खेल निलम्बनमा परिनेछ । यसअघि सुजलले जावलाखेलविरुद्ध ७७औं मिनेटमा पहेंलो कार्ड पाएका थिए । सुजल मछिन्द्रलाई लगातार उपाधि जिताउँदा टोलीका महत्वपूर्ण सदस्य हुन् । उनले मनाङ मर्स्याङ्दीमा रहँदासमेत दुई पटक लिगको उपाधि उचालेका छन् । 

    सुजलसँगै अजरबैजानका अट्याकरसमेत रहेका नुर्लान जाहिद नोम्रुजोभले समेत खेल गुमाउनेछन् । उनीसमेत दोहोरो कार्डका कारण निलम्बनमा हुनेछन् । जारी लिगमा १२ खेलबाट ३२ अंक बनाएको मछिन्द्रले आफ्नो अपराजित यात्रा कायम गरेको छ । अन्तिम खेलमा समेत मछिन्द्र अपराजित यात्रा कायम राख्दै लिगको ट्रफी उचाल्ने योजनामा हुनेछ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार