Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी विरोध प्रदर्शन- प्रहरीले चलायो गोली


    आइतबार, फाल्गुन ८ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा टेबुल भएपछि  आन्दोलनले झनै उग्र रूप लिएकाे छ । 

    एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको छ ।

    दुई पक्षीय झडपका कारण अहिले बिजुली बजार क्षेत्र निकै तनावग्रस्त बनेको छ ।

    आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले नियन्त्रणका लागि भन्दै प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ । जवाफमा प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

    प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि प्रहरीले गोली पनि चलाएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार