Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहरमा प्याड बनाउन सिकाउँदै गाउँकी किशोरी


    आइतबार, फाल्गुन ८ २०७८
    375
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ । वर्ष दिनअघि खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी १७ वर्षीया किशोरी कविता वनले स्यानेटरी प्याड बनाउने तालिम लिइन् । तालिममा सिकेको सिपलाई उनले आफुमा मात्र सिमित गरिनन् । कविताले गाउँका किशोरी तथा महिलालाई पुन: प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउन र प्रयोग गर्न सिकाइन् । प्याड बनाउन सिकाउने क्रममा मिलेको हौसलाले उनमा थप जोस र जाँगर पलाएकाे बताइन् ।  

    त्रिभुवन मावि ऐसेलुखर्कबाट कक्षा १२ उत्तिर्ण गरेपछि गत मंसिरमा काठमाडाैं पुगेकी कविताले काठमाडाैंमा पनि पुन: प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउने प्रशिक्षकको जिम्मेवारी पूरा गर्न छाडेकी छैनन् । लियो क्लब अफ काठमाडाैं आनन्दभैरवले शनिबार आयोजना पुन: प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड निर्माणसम्बन्धी तालिममा कवितालाई नै प्रशिक्षकका रुपमा निम्त्याइयाे । सिद्ध कलेज, काठमाडाैंमा आयोजना गरिएको तालिममा कविताबाट एक दर्जन किशोरकिशोरीले स्यानेटरी प्याड बनाउने सिप सिकेका छन् ।

    कविताले तालिममा सहभागी किशोरकिशोरीलाई घरेलु सामग्री प्रयोग गरेर स्यानेटरी प्याड बनाउने र प्रयोग गर्ने विधि सिकाएकी छिन् । उनले सुति, कटन जस्ता नरम कपडाबाट सियो र धागोले सिलाएरै प्याड तयार पार्न सिकाउने गरेकी छिन् । घरमै तयार पारिएको प्याड एक वर्षसम्म पुन: प्रयोग गर्न सकिने भएकाले महिलाका लागि उपयोग हुने कविता बताउँछिन् । स्कुल अफ डेमोक्रेसी शाखा खोटाङको सदस्य कविता हाल जिपी मेमोरियलमा कलेज, काठमाडाैंमा स्तानक पहिलो वर्षमा अध्ययनरत छिन् । 

    कविताले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित शिशु माविमा कक्षा ७ देखि कक्षा १० मा अध्ययनरत ३७ छात्रालाई सहभागी गराएर गत १२ वैसाखमा स्यानेटरी प्याड बनाउने तालिम सञ्चालन गरेकी थिइन् । त्यसअघि पहिलो चरणमा आफ्नै गाउँ रैकर टोलका दिदि, आमादेखि हजुरआमा उमेर समुहका २५ महिलालाई र दोश्रो चरणमा ५० जना किशोरीलाई प्याड बनाउने तालिम दिइसकेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार