Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी बिरुद्धको संघर्ष निर्णायक मोडमा, ६ साना बामपन्थी दल सडकमा


    आइतबार, फाल्गुन ८ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं  । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी बिरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन । 

    चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी बिरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन ।

    ‘नेपाली जनताको एमसीसी बिरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको निष्कर्ष बैठकले निकालेको छ’ भन्ने उल्लेख गर्दै साना बामपन्थी दलले अमेरिकन राजदुत ¥यान्डी बेरीको टविट, चीनका बिदेश बिभागको पत्रकार सम्मेलनवाट ब्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबुल गनगरी पारित गराउने अन्तिम कसरतले उक्त बिषयलाई पुष्टी गरेको साना बामपन्थी दलको निष्कर्ष रहेको छ । 

    काठमाडौं उपत्यकामा माइतिघर मण्डलावाट बिरोध प्रदर्शनसहित नयाँ वानेश्वरस्थित संसद भवन घेराउ गर्ने देखी देशव्यापी रुपमा सवै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ । जसअनुसार आज साना बामपन्थी दलले देशैभरी बिरोध प्रदर्शन गर्नेछन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार