Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुसी राष्ट्रपतिले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेकोमा बाइडेन ‘विश्वस्त’


    आइतबार, फाल्गुन ८ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी  राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन् ।

    रुसले आगामी जुनसुकै दिनमा हमला गर्न सक्ने उनले बताएका छन् । रुसले सुरुमा युक्रेनको राजधानी किभलाई पहिलो निशाना बनाउ सक्ने उनको भनाई छ । 

    ‘मलाई यो विश्वास छ की उनले निर्णय गरेका छन्,’ राष्ट्रपति पुटिनलाई संकेत गर्दै बाइडेनले भने । तर, रुसले युक्रेनमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ । 

    यसैबीच, पूर्वी युक्रेनमा बिखन्डनकारीहरुको क्षेत्रमा सेनाले गोलाबारी गरेपछि त्यस क्षेत्रका स्थानीय रुसतर्फ लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्महरुले जनाएका छन् ।

    रुस र युक्रेनको सीमामा ठूलो संख्यामा युक्रेनी जम्मा भएको र उनीहरुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमा नजिकै शरणार्थी शिविरहरू स्थापना गर्न र आपतकालीन सहायता गर्न आदेश दिएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार