Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज फागुन ८ गते आइतवारको राशिफल


    आइतबार, फाल्गुन ८ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आज ८ फागुन २०७८, तदनुसार २० फेब्रुवरी २०२२ आइतवार। यस्तो छ आजको भाग्यफल

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :

    आज पारिवारिक सद्भाव बढ्नेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । बन्दव्यापारमा बढावा होला । साथीबाट सहयोग पनि मिल्नेछ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :

    आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :

    खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । घर परिवारमा झैझमेलाको अवस्था आउनसक्छ । दिनको उत्तरार्धमा बढी खर्च होला ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : 

    आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :

    आज माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :

    आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि राम्रो हुनेछ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :

    खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : 

    आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : 

    धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहनेछ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : 

    आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । रमाइलो यात्रा पनि होला ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : 

    आज गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :

    अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार