Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेशमा प्रदेशमा ७ हजार भन्दा बढी मावनअधिकार हननका घटना


    शनिबार, फाल्गुन ७ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधार । मधेश प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीको ७ हजारभन्दा बढी घटना भएको सार्वजनिक गरिएको छ ।

    मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)ले शनिबार जनकपुरका एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सन् २०२१ मा मधेश प्रदेशमा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख छ । उक्त पुस्तकमा अपहरणका २४, पक्राउका ३, महिला अघिकार उलंघनमा २ सय २८, बाल अधिकार उलंघनमा २२३ घटना भएको उल्लेख छ । 

    नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत जनकपुरधामका न्यायाधीश हरि प्रसाद बंगालेले गरेका हुन् । कार्यक्रममा मधेश प्रदेशसभाका सांसद मञ्जु यादव न्यायालय स्वतन्त्र हुन नसकेको बताइन् । मधेश प्रदेशमा जातिय छुवाछुत, बोक्सी आरोप, कुटपिटलगायतका घटनामा वृद्धि हुदै गरेकाले यसतर्फ राज्यका निकायहरु गम्भिर हुन जरुरी रहेको सांसद यादवको भनाइ थियो  । राजनीतिक नियुत्तिका कारणले गर्दा न्यायलय स्वतन्त्र नभएको उनको भनाइ थियो । 

    ईन्सेकका मधेश प्रदेश प्रमुख राजु पासमानले मानव अधिकारको क्षेत्रमा मधेश प्रदेशमा ७५८ ओटा घटना भएको बताए । सार्वजनिकीकरण कार्यक्रममा २०२१ मा मानव अधिकार अभिलेख र पैरवीमा प्रदेशमा उत्कृष्ट कार्य गर्ने रौतहट जिल्ला प्रतिनिधि कोपिला तिम्लिसिनालाई ७ हजार नगदसहित पुरस्कृत गरिएको छ । न्युज कारखाना
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार