Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिरीमा नेकपा समाजवादीको नगर कमिटी गठन, युवासंघ र अनेमसंघमा पनि नेतृत्व चयन


    शनिबार, फाल्गुन ७ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी) पार्टी जिरी नगर अधिवेशन सम्पन्न भएको छ । आज भएको अधिवेशनले शैलेन्द्र खड्काको अध्यक्षतामा २६ सदस्यीय जिरी नगर कमिटी गठन गरेको छ ।
     अधिबेशनमा नेकपा समाजवादीका पोलिटब्युरो सदस्य बिदुर सापकोटा, केन्द्रीय सदस्य गोपाल न्यौपाने, दोलखा जिल्ला पार्टी कमिटी अध्यक्ष भीमप्रसाद दाहालले सम्बोधन गरेका थिए ।  

    त्यसैगरी आजै भएको महिलाहरुको भेलाले सुनिता दाहालको अध्यक्षतामा २३ अखिल नेपाल महिला संघ जिरी नगर कमिटी गठन गरेको छ ।

    त्यसैगरी, अरुण शेर्पाको अध्यक्षतामा १४ सदस्यीय युवासंघ जिरी नगर कमिटी गठन गरेको छ । 

     कार्यक्रममा नेकपा समाजवादीका दोलखा जिल्ला उपाध्यक्ष भुबन केसी, उपसचिव घनश्याम रिजाल, युवासंघ केन्द्रीय कमिटी उपमहासचिब अशोककुमार दाहाल, अनेमसघं केन्द्रीय सदस्य संगीता पाख्रिन, युवासंघ केन्द्रीय सदस्य विशाल काफ्ले क्षेत्री, इश्वर कार्की लगायतको उपस्थिति थियो । युवा संघ दोलखा जिल्ला कमिटी सहअध्यक्ष रामहरि शिवाकोटी, सहसचिव बिष्णु थापा, अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष तेजस्वी खड्का पनि कार्यक्रममा सहभागी थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार