Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • राधा क्यान्सर सचेतना पुरस्कार ज्योति अधिकारीलाई प्रदान गरिने


    शनिबार, फाल्गुन ७ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि पत्रकार ज्योति अधिकारी छनोट हुनुभएको छ ।

    राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार रुपैयाँ राशीको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट  ‘नेपाल समय डटकम’मा कार्यरत चितवनकी अधिकारी छनोट हुनुभएको हो ।

    पुरस्कार वितरण कार्यक्रम फागुन ९ गते सोमबार बिहान ११ बजे कावासोती २ राधाचोकस्थित बस्याल निवासमा गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा हुने भएको फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिनुभयो ।

    फाउण्डेसनले स्व. राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्टमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ । पत्रकारितामा आबद्ध राधा आफूलाई क्यान्सर भएपछि समाजमा क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम गर्दै आउनुभएको थियो । २०४८ फागुन ९ गते नवलपुर जिल्लाको कावासोती ४ छिपछिपेमा जन्मेकी उहाँको २०७७ कार्तिक १४ गते निधन भएको हो । गत वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार महिला स्वास्थ्य डटकमकी बर्दियाकी समृद्धा केसीलाई प्रदान गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार