काठमाडौँ । ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकको मद्धतमा नेपालले फिलिपिन्सलाई २१९ रनको बिजयी लक्ष्य दिएको छ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले ३ विकेटको क्षतिमा ३ विकेटको क्षतिमा २१८ रन जोड्यो।
नेपाललाई बिशाल योगफलतर्फ लैजान नेपालका लागि ओपनर भुर्तेलले आफ्नो करियरकै पहिलो कीर्तिमानी शतक बनाए। भुर्तेल ६१ बलमा १३ चौका र एक छक्काको मद्धतमा १०४ रनमा नट आउट रहे।
खेलको सुरुमै अर्का ओपनर आशिफ शेखलाई नेपालका लागि अर्का खेलाडी दिपेन्द्रसिंह ऐरीले ८३ रनको महत्वपूर्ण पारी खेले ।