काठमाडौँ । युवा ओपनर कुशल भुर्तेलले आइसीसी टि-२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । उनले पूर्व कप्तान पारस खड्काको कीर्तिमान समेत तोडेका छन् ।
भुर्तेलले ३२ बलमा ५२ रन बनाए । उनले आफ्नो टि-२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका हुन् ।
कुशल नेपालबाट टि-२० आईमा सर्वाधिक अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । उनले पारस खड्काको नाममा रहेको ४ अर्धशतकको कीर्तिमान तोडेका हुन् ।
जारी खेलमा नेपालले १० ओभरमा २ विकेट गुमाउँदै १४० रन बनाएको छ । क्रिजमा ओपनर कुशल भुर्तेल ७८ रनमा अविजित छन् ।
उनलाई दीपेन्द्रसिंह ऐरीले ३८ रनमा साथ दिएका छन् ।