Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुम्लामा ६ हजार  मतदाता थपिए


    शनिबार, फाल्गुन ७ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला। जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो  ।

    जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो ।

    जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार दुई सय ३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी महेश शर्माले बताए ।

    उनले भने– थपिएका सहित जुम्लामा मतदाता संख्या जम्मा ६९ हजार तीन सय ३५ पुगेको छ । जसमा महिला मतदाता ३३ हजार एक सय ३७ र पुरुष मतदाता ३६ हजार १ सय ९८ जना रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार