Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र र प्रहरी दुवैतिर सेटिङ, बाराका सबै नाकाबाट तस्करी चम्क्यो


    शनिबार, फाल्गुन ७ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • बारा । बाराको मुसहर्वासहित विभिन्न सीमानाकाबाट माथिल्लो निकायकै निर्देशनमा अबैध चोरी तस्करी हुँदैआएको छ । त्यस्तो समूहले संजाल बनाएर तस्करी चलाइरहेको जानकारी नेपालफेसलाई प्राप्त भएको छ । नेपालफेसका संवाददाताले स्थलगत निरीक्षण गरी सीमाबाट हुने गरेको तस्करीको बारेमा भिडियो नै तयार गरेका छन् ।  

    मुसहर्वा नाकाबाट कपडा र भैंसीको तस्करी तीब्र रुपले बढेको छ । मुसहर्वा, इटियाही, बलिरामपुर, नाका हुँदै प्रसौनीको बाटो रातिको ९ बजेदेखि बिहानको ४ बजेसम्म भन्सार छली गरेर तस्करीको कपडा पिकअप भ्यान र मोटरसाइकलका माध्यमबाट नेपाल भित्र्याउने गरेका छन् ।

    मुसहर्वा, इटियाही, बलिरामपुर नाकाबाट भैंसी तस्करीको लाइन सन्तोष साह र हरेन्द्रले पाएका छन् भने कपडाको लाइन सरोज र अनिल नामका तस्करले पाएका छन् । समाचार स्रोतका अनुसार बारा जिल्लाका विभिन्न नाकाबाट दिइएको लाइन र तस्करीबाट प्रहरीलाई यतिखेर चाँदी कटाई भएको छ । दुबै प्रहरीको मिलोमतोमा हरपुर नाका हुँदै छतवाबाट भोला यादवलाई कपडाको लाइन र मटिअर्वाबाट रामअयोध्या, प्रेम किराना, मनाङ कपडा व्यापारी, छतवा नाकाबाट कपडा, जुत्ता चप्पल व्यापारी भोला,  गोलागंज नाकावाट कपडाको तस्करी गर्ने भोला, संदीप, शयामसुन्दर, उमेश, हार्डयेवर व्यापारी उपेन्द्र, मास्टरले पाएका छन् । पिपरपाती नाकाबाट कपडाको काम गर्ने मिश्रीलाल, बेलदारी नाकावाट कपडाको काम गर्ने खेन्ना र लालबाबुलगायतका तस्करहरुले तस्करीको लाइन पाएका छन् ।

    यस्तै बाराको बरैनिया, आमवा, कवहीगोठ, मटिअर्वा, सिम्रौनगढ, कचोर्वा सिमानाकाबाट पनि तस्करी सुचारु भएको छ । स्थानीय सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिट प्रमुखदेखि जिल्ला तथा प्रदेशका दुबै डिआईजीलाई समेत मिलाएर तस्कर समूहहरुले ब्यापक तस्करी चलाएको स्रोत बताउँछ । दुई प्रहरीबीच तस्करीको लाइन दिएर कमाउने होड चलेको छ । चोरी–पैठारी नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने र सीमा क्षेत्रमा हुने अन्य अपराधिक क्रियाकलाप निस्तेज पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगैै ती संगठनका सादा पोसाकमा प्रहरी परिचालन गरे पनि ती प्रहरी उद्देश्य विपरीत कमाउने अभियानमा लाग्ने गरेको पाइएको छ । घुमुवाको संज्ञा पाएका ती  प्रहरी तस्कर र हाकिमका समन्वयकर्तामात्र भएको व्यापारीहरू नै बताउने गर्छन् । 

    नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेश रंजितकारले खटाएका घुमुवा टोलीले धेरै तस्करी आतंक मचाएको उजुरी हेडक्वाटरसम्म जानकारी भएको देखेर छानबिन हुने आफू पनि फस्ने देखिएकोले माथिल्लो निकायमा देखाउनका लागि घुमुवा टोली खारेज गरी गोप्यरुपमा बारा जिल्लामा महोत्तरी दरबन्दी भएका प्रहरी जवान संजय जयसवाललाई परिचालन गरेका छन् ।

    तस्करीको ‘लाइन’ बाट  रंजितकारले बारा जिल्लाबाट मासिक रुपमा दररेट उठाउँदै आएका छन् । नेपाल प्रहरीका लागि ३० लाख रुपैयाँ तस्करहरुले मासिक रुपमा दिने गरेको तस्करहरुकै समूहबाट खुलेको छ । तस्करीको पैसा घुमुवा जयसवाल मार्फत् डिआइजी रंजितकारले उठाइरहेको डिआइजी निकट स्रोतले दाबी गरेको छ । 
    यस्तै जिल्ला प्रहरी बाराका प्रहरी उपरीक्षक दिलिपसिंह देउवा समेत छुट्टाछुट्टै घुमुवा परिचालन गरी ठूलो तस्करी र जुवा अखडाबाट घुस असुली गर्दैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार