काठमाडौं।प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५०१ जनाको कैदीको सजाय मिनाहा हुने भएको छ । भने १२ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५०१ जनाको कैदीको सजाय मिनाहा र १२ जना कैदीलाई माफी गरेकी हुन् ।
नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन०ऐन, सर्वोच्च अदालतको परामादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर ‘कैद कट्टा’ ९पहिलो संशोधन नियमावली, २०७६० अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले बाँकी कैद मिनाहा गरेकी हुन् ।