काठमाडौं । आज ७ फागुन २०७८, तदनुसार १९ फेब्रुवरी २०२२ शनिवार। यस्तो छ आजको भाग्यफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
आज कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । सन्तानको माया पनि कम हुनसक्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । उन्नति प्रगतिको वातावरण बन्नेछ । पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । विवेकले काम नगर्न सक्छ छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
विचार पुर्याएर निर्णय लिनु राम्रो होला । नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले बिनाकारण झगडा र विवाद हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ ।