Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्यालयका सुरक्षागार्डमाथि नै छुरा प्रहार, लामा पक्राउ 


    शुक्रबार, फाल्गुन ६ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बुढानीलकण्ठ माध्यमिक विद्यालयको मुख्य प्रवेशद्वारमा ड्युटीमा बसेका सुरक्षागार्डलाई छुरा प्रहार गर्ने निमा लामालाई प्रहरीले पक्राउ गरेको छ । बुढानीलकण्ठ स्कुलका सुरक्षागार्ड रेशमबहादुर नेपालीलाई बिहीबार बिहान लामाले छुरा प्रहार गरेका थिए । मकवानपुर सिक्रेनी गाउँपालिकाका–१२ का १९ बर्षका  लामालाई बिद्यालय हातामा अमर्यादित क्रियाकलापमा संलग्न भैरहेको अवस्थामा सम्झाई बुझाई गेट बाहिर पठाउन खोज्दा सुरक्षागार्ड नेपालीमाथि छुरा प्रहार गरेका थिए । नेपालीलाई चक्कु प्रहार गर्ने निमा लामालाई हतियारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ  ।

    सुरक्षागार्ड नेपालीलाई ज्यान मार्ने मनसायले लुकाई छिपाई ल्याएको हतियार छुरा प्रहार गरी गमभीर घाइते बनाएको सूचना प्राप्त गरेपछि महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले घाइते रेशमबहादुर नेपालीलाई दाहिने खुट्टाको तिघ्रा, पेटको बीचौबीच भाग र ढाडको पछाडिपट्टिको भागमा समेत गरी तीन ठाउँमा चक्कुले प्रहार गरेको अवस्थामा फेलापारेको थियो । घाइते नेपालीलाई तत्कालै उपचारको लागि ििशक्षण अस्पताल महाराजगञ्ज, काठमाण्डौंमा पठाइएको प्रहरीले जनाएको छ ।

    छुरा प्रहार गर्ने निमा लामा उपर जिल्ला अदालत काठमाण्डौबाट मुलुकी अपराध संहिता ऐन, २०७४ परिच्छेद(१२ को “ज्यान सम्बन्धी” कसूर अन्तर्गत दिन(५ को म्याद अनुमति लिई महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार