Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्याक्टरको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते


    शुक्रबार, फाल्गुन ६ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । पर्सामा रहेको हुलाकी सडकखण्डमा शुक्रबार दिउँसो ट्याक्टरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । घुम्ती चिया पसलमा चिया खाँदै गरेको अवस्थामा ट्याक्टरले ठक्कर दिँदा एक जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् ।

    पर्साको सखुवाप्रसौनी गाउँपालिका-६ लखनपुरस्थित हुलाकी सडकखण्डमा ना७त ५३७८ नम्बरको ट्याक्टरले चिया पसलमा चिया खाइरहेका व्यक्तिहरूलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश राउत कम्कर रहेका छन् ।

    पसलका साहु सोही स्थानका सकलदेव राउत कम्कर, रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने रामकुमार तामाङ घाइते भएका छन् । तीनै जनाको  नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेकोमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार