Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्री सिंहको निर्देशन


    शुक्रबार, फाल्गुन ६ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । बजेट खर्च न्यून भएपछि कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जिल्लास्थित कार्यालय प्रमुखलाई प्रत्येक महिनाको प्रगति विवरण पठाउन निर्देशन दिएका छन् । 

    १० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्दै मन्त्री सिंहले प्रत्येक महिना खर्चको विवरणसँगै प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन् । बजेट कार्यान्वयनमा समस्य देखिएपछि के कारणले समस्या भएको हो वा किन भएन भन्ने कुरासमेत अवगत गराउन मन्त्री सिंहले भनेका छन् । 

    अहिलेसम्म मन्त्रालयको विकास खर्च ७ प्रतिशत मात्र भएको छ । १५ लाखभन्दा तलका योजनाहरू कार्यान्वयन नगर्न सरकार र प्रमुख प्रतिपक्ष दलबीच भएको सहमतिअनुसार काम गर्न समेत मन्त्री सिंहले निर्देशन दिएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार