Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण लिने


    शुक्रबार, फाल्गुन ६ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।  

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कोरोनाभाइरस नियन्त्रण तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले भने, ‘कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब दुई अर्ब १४ करोड नेपाली रुपैयाँ) थप ऋण सहायता स्वीकार गर्ने निर्णय भयो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार