Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कीर्तिपुरमा ६५ वर्षीय बाबुलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जना छोरा पक्राउ


    शुक्रबार, फाल्गुन ६ २०७८
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका–१३ रबि भवन घर भई कीर्तिपुर नगरपालिका–६ पाण्डेछाप बस्ने ६५ वर्षीय न्हुछे नारायण महर्जनको कुटपिटबाट मृत्यु भएको छ । 

    हत्या गरेको आरोपमा उनकै २ जना छोराहरू ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    छोराहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका न्हुछे नारायणको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो । 

    उक्त खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

    उनीहरूको साथबाट प्रहरीले २ थान प्रेसर कुकर र मसला पिस्ने लोहोरो बरामद गरेको छ । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार