Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओमानविरुद्ध ब्याटिङ थालेकाे नेपालले गुमायाे तीन महत्वपूर्ण विकेट


    शुक्रबार, फाल्गुन ६ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ थालेकाे छ । घरेलु टोलीबिरुद्ध अल अमेरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेकाे हाे ।

    आठ ओभरमा नेपालले आफ्ना तीन महत्वपूर्ण विकेट गुमाइसकेकाे छ । नेपालले ३९ रन बनाएकाे छ । आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा रहेको नेपालले सुरुवातमै नराम्राे झट्का बेहाेरेकाे छ । अहिले दीपेन्द्र एरी र आरीफ शेख क्रिजमा छन् ।

    यसअघि ओमानमै भएको चारदेशीय टी-२० सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार