Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लवसहित ८ दलीय मोर्चाले एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्दै


    शुक्रबार, फाल्गुन ६ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरुद्ध आन्दोलनरत विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज देशभर संयुक्त विरोध प्रदर्शन गर्ने भएको छ ।

    मोर्चाको हिजो बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज देशभर संयुक्त प्रदर्शन गर्न लागिएको हो ।

    आज १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने मोर्चाले जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी आन्दोलनमा छन् । 

    यस्तै, नेपाल बन्दको दिन पक्राउ परेकाहरुलाई विना शर्त तुरुन्त रिहा गर्न समेत माग गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार