Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सिंगापुरका प्रधानमन्त्रीले भारतीय सांसदमाथि गरेको टिप्पणीबारे नयाँ दिल्लीको आपत्ति


    शुक्रबार, फाल्गुन ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । सिंगापुरका प्रधानमन्त्रीले संसदमा भारतीय सांसदमाथि गरेको टिप्पणीबारे भारत सरकारले आपत्ति जनाएको छ ।

    सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले भारतको तल्लो सदन लोक सभाका सांसदहरुले फौजदारी अभियोग सामना गरेको विषयलाई लिएर परराष्ट्र मन्त्रालयले सिंगापुरका राजदूतलाई बोलाएर आपत्ति जनाएको हो । 

    सिंगापुरका प्रधानमन्त्रीको भनाईलाई भारत सरकारले अस्वीकृत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  सिंगापुरमा लोकतन्त्रसम्बन्धी संसदीय बहसका क्रममा १५ फेब्रुबरीमा प्रधानमन्त्री लुङले भनेका थिए, ‘सञ्चार माध्यमहरुमा आएअनुसार भारत एउटा यस्तो देश भएको छ जहाँ लोकसभाका झन्डै आधा सांसदहरूमाथि बलात्कार र हत्याको आरोपसहितका आपराधिक मुद्दा विचाराधीन छन् । ’

     भारतका प्रथम प्रधानमन्त्री पण्डित जहवारलाल नेहरुको विरासतलाई सन्र्दभ दिँदै उनले देशको जग उच्च आदर्श र महान सिद्धान्तले खडा भएको बताएका थिए ।

    नेहरुलाई उदृत गर्दै प्रधानमन्त्री लुङले अधिकांश देशहरु उच्च भावना र महान सिद्धान्तले सृजना भएको बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार