Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टेस्लाका मालिक मस्कले क्यानडाका प्रधामन्त्रीलाई गरे हिटलरसँग तुलना


    शुक्रबार, फाल्गुन ६ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी विद्युती गाडी निर्माता टेस्लाका मालिक एलन मस्कले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई एडोल्फ हिटलरसँग तुलना गरेका छन्।

    क्यानडामा जारी ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गर्दै मस्कले ट्विटरमा ट्रुडोको आलोचना गरेका हुन् ।  उनको आलोचनाले ट्विटरमा तूफान ल्याएको थियो ।

    क्यालिफोर्नियाको स्थानीय समयअनुसार बुधारबा मध्यरातमा ट्विट गरेका मस्कले बिहीबार सो ट्विट हटाएका थिए । ट्विटरमा मस्का ७ करोड ४० लाख फलोअर्स छन् । 

    टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कले जनवरीको अन्ततिर गरेको एउटा ट्विटमा पनि ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गरेका थिए । सरकारले ल्याएको अनिवार्य कोभिड खोप प्रावधानको विरोधमा क्यानडामा ट्रक चालकहरुले केही सातादेखि आन्दोलन गरिरहेका छन् । 

    आन्दोलन जारी रहेकै बेला सरकारले आन्दोलनमा सहभागी हुनेको बैंक अकाउन्ट रोक्का गरिदिने चेतावनी दिएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार