Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच सीडीओहरुको सरुवा, कसलाई कहाँ पठाइयो ? (सूचीसहित)


    शुक्रबार, फाल्गुन ६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरुको काज सरुवा गरिएको छ । बिहीबार साँझ गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट पाँच जिल्लाका सीडीओहरुको काज सरुवा गरेका हुन् ।

    काज सरुवामा रुकुमपूर्वमा कृष्णबहादुर खड्का, हुम्लामा सिता परियार र जाजरकोटमा रामबहादुर शाहीलाई सीडीओ बनाएर पठाइएको छ ।

    यसअघि खड्का लाहान इलाका प्रशासन कार्यालयको प्रमुख, परियार भक्तपुरको सहायक सीडीओ र शाही एयरपोट अध्यागमन कार्यालयमा कार्यरत थिए। 

    यस्तै, धनकुटामा युवराज कट्टेल र नुवाकोटमा नारायण रिसाललाई सीडीओ बनाएर पठाइएको छ । त्यस्तै, तीन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरिएका छन्।

    जाजरकोटमा सीडीओ रहेका प्रेम देवकोटालाई बर्दियामा सहायक सीडीओ बनाएर पठाइएको छ । हुम्लाका सीडीओ गणेश आचार्यलाई एयरपोट अध्यागमनमा पठाइएको छ भने बर्दियाका सहायक सीडीओ माधव शर्मालाई भक्तपुरमा सहायक सीडीओ बनाएर पठाइएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार