Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज फागुन ६ गते शुक्रबारको राशिफल


    शुक्रबार, फाल्गुन ६ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आज ६ फागुन २०७८, तदनुसार १८ फेब्रुवरी २०२२ शुक्रबार। यस्तो छ आजको भाग्यफल

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :

    आज नयाँ कमको थालनी हुनेछ । शुभ यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :

    गरेको काममा सफलता हात पर्ने सम्भावना छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :

    आज नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा शान्ति छाउने र शुभकार्यको चर्चा पनि चल्नेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : 

    मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :

    आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य सुखले प्रसन्न पनि भइनेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :

    आज महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु नै पर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :

    धार्मिक कार्य सफल रहनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : 

    शुभ कार्यको लागि यात्रा हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : 

    अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ 

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : 

    आज घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । राजनैतिक कार्यमा बाधा पनि आउन सक्छ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : 

    आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :

    बुद्धि र विवेकको प्रयोगले समुचित अनुमानका कारण सामाजिक सम्मान प्राप्त हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफन्त सँग भेटघाट पनि रहला ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार