Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीको राष्ट्रघात संसदबाट पास हुन दिइन्नँः  उपाध्यक्ष हमाल


    बिहिबार, फाल्गुन ५ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर ।  विवादित अमेरिकी सहायत एमसीसी सम्झौतामा हस्ताक्षर गरेर विगत सरकारले गरेको राष्ट्रघातलाई संसदबाट कुनै पनि हालतमा पास हुन नदिने नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले बताउनुभएको छ ।

    नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी ललितपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष हमालले सन् २०१७ मा हस्ताक्षर गरिएको सम्झौतालाई कार्यान्वयन गर्न भन्दै सन् २०१५ देखि नेपालमा कार्यालय स्थापना गरेर अमेरिकाले रणनीतिक काम गरेको बताउनुभयो ।

    उपाध्यक्ष हमालले विभिन्न चरणमा गरिएका अध्ययनको निष्कर्ष बिपरीत गएर नेकपा एकीकृत समाजवादीको जोकोहीले पनि एमसीसीको पक्षमा उभिन नसक्ने बताउनुभएको छ । कार्यक्रममा पोलिटव्युरो सदस्य प्रेमल खनालले एमसीसी सम्झौताले नेपालको संविधान र कानुनलाई समेत मिच्ने गरी आपत्तिजनक प्रावधानहरु राखेर सम्झौता लाद्न प्रयास गरेकाले जनताको सचेत र संगठित विद्रोह आवश्यक भएको बताउनुभयो ।

    नेता खनालले आफ्नो पार्टीले लोकतन्त्र र संसद जोगाउन काँग्रेससँग गठबन्धन गरेपनि एमसीसीमा कुनै पनि हालतमा विना संशोधन अघि बढ्न नसक्ने अडान दोहोर्याउनुभयो ।

    नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिनाले अमेरिकाको एउटा परियोजनाले नेपालको राष्ट्रियता, सार्वभौमिकता, संविधान र कानुनहरु मिचिरहँदा यो वा त्यो रुपमा मौन बस्ने वा पक्षमा बोल्नेहरुलाई नेपाली हुँ भन्ने नैतिक हैसियत नभएको बताउनुभयो । कुनै पनि बहानामा एमसीसी सम्झौता अघि बढाउन अघि बढ्ने राजनीतिक दलहरुलाई सचेत जनताले कार्वाही गर्ने पनि बताउनुभयो ।

    ललितपुर सहइन्चार्ज श्यामकृष्ण सिलवालले एमसीसी सम्झौता सुगौली सन्धीभन्दा खतरनाक रहेको भन्दै अहिलेको पुस्ताका नेताले बेइमानी गरे भावी पुस्ताले समेत दुख पाउने बताउनुभयो । ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण थापाले नेतृत्वले जनभावना र कार्यकर्ताको भावना अनुसार एमसीसी रोक्न नसके जनविद्रोह हुने बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार