Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल


    बिहिबार, फाल्गुन ५ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डकाे अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूँजी बजार क्षेत्रको नियमनकारी निकाय धितोपत्र बोर्डकाे अध्यक्षमा हमाललाई नियुक्त गरेको हो ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट समितिले सिफारिस गरेको थियो ।

    सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार