Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ


    बिहिबार, फाल्गुन ५ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • स्याङ्जा । ज्यान मार्ने उद्योग तथा चोरी मुद्दाका फरार प्रतिवादी आँधिखोला गाउँपालिका–५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ । 

    शंकरले आँधिखोला गाउँपालिका–५ बस्ने बल बहादुर बोगटीलाई २०५३ वैशाख २ गते बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाई पैसा चोरी गरेका थिए । 

    घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पोखराले २०५८ वैशाख २ गते उनलाई ५ वर्ष कैद सजाय फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए । 

    उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट फेला पारी पक्राउ गरेको हो । 

    उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार