Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूतको भेट, के बिषयमा भयाे छलफल


    बिहिबार, फाल्गुन ५ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेट गरेकी छन् ।

    ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

    सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धता रहेको बताइन् । नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई-मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको-टुरिजमको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

    महासागरका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र बढ्दो भूमण्डलीय तापक्रम वृद्धि नियन्त्रण गर्नका लागि हिमालयको महत्त्वपूर्ण भूमिका रहने स्मरण गराउँदै मन्त्री भुसालले भनिन्, ‘हामी हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्दछौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार