काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी पास गर्न चौतर्फी दबाब दिइरहेको छ । नेपाली काग्रेसले एमसीसी पास गर्ने निर्णय गरिसकेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि एमसीसीको पक्षमा खुलेर लागेका छन् । भट्टराई एमसीसी पास गराउन पार्टी नै फुटाउन समेत तयार भएका छन् । तर उनको पक्षमा पार्टी विभाजनको संख्या नपुगेकाले सफल हुन सकेका छैनन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सत्तामा हुँदा एमसीसी पास गर्न खोजेका भए पनि अहिले उनले दाउपेचको बिषय बनाएका छन् । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धन टुटाएमा एमसीसी पास गर्न सहयोग गर्ने भन्दैआएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउनका लागि प्रयासरत छन् । बुधबार संसदमा एमसीसी टेबुल गर्ने मिति तय गरिएको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा फागुन ६ गतेका लागि मात्र प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सत्ता गठबन्धन दल माओवादी केन्द्र र नेकपा समाजवादीले एमसीसीको पक्षमा मत नदिने स्पष्ट पारेका छन् । यद्यपि ती दुवै पार्टीमा एमसीसीको पक्षमा केही नेताहरु भित्रभित्रै लबिईङ गरिरहेका छन् ।
नेकपा माओवादीभित्र पनि एमसीसीको पक्षमा केही नेताहरु भित्रभित्रै सक्रिय छन् । पूर्वमन्त्री तथा माओवादी नेता शक्तिबहादुर बस्नेत डा. बाबुराम भट्टराईजस्तो प्रत्यक्ष रुपमा एमसीसीको पक्षमा नबोले पनि भित्रभित्रै पास गर्नुपर्नेमा पक्षमा लागेका छन् । अध्यक्ष प्रचण्ड निकट मानिने बस्नेतको उठबस अमेरिकी दूताबासमा कार्यरत एक कर्मचारीसँग बाक्लो रहँदैआएको छ । उनको बसोबास पनि अमेरिकी दूताबासको ठ्याक्कै पछाडिपट्टि चुनदेवीमा रहेको छ । अमेरिकी दूताबासकी ती कर्मचारीको घरमा उनी बारम्बार जाने गरेका सूचना माओवादी नेताहरुसमक्ष पुगेको छ । माओवादी केन्द्रको बैठक अघि र बैठकपछि पनि दूताबासका ती कर्मचारीसँग भेट्ने गरेका छन् ।
दूताबासमा ती कर्मचारीको सहयोगमा बस्नेतकी छोरी अमेरिका पुगिसकेकी छन् । एमसीसीको बारेमा पत्रकारले सोध्दा पनि नबोलौ, शक्ति राष्ट्रका बिरुद्ध धेरै नलडौं, यसलाई चर्र्काएर नेपाललाई लाभ छैन भन्ने गरेका छन् । एमसीसीको पक्षमा बोल्न भनेर पन्छिने गरेकाले बस्नेत पार्टीमा थप शंकाको घेरामा परेका छन् । अध्यक्ष प्रचण्ड निकट भएकाले पनि उनीसँग दूताबासका कर्मचारीले केही महिनायता भेटघाट बाक्लो बनाउँदैआएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend