Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीको आह्वान- एमसीसीबारे टुंगो लगाउने जिम्मा संसदलाई दिउँ


    बिहिबार, फाल्गुन ५ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे टुंगो लगाउने जिम्मा  जनप्रतिनिधिको संस्था संसदलाई दिन आह्वान गरेका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने सरकारको तयारी सत्तासाझेदार दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा रोकिएको थियो । 

    भोलिपल्ट बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्न संसदलाई दिनुपर्नेमा जोड दिए । 

    जनप्रतिनिधिको संस्था संसदलाई एमसीसीबारे निर्णय गर्ने अधिकार दिन आह्वान गर्दै उनले एमसीसीको पक्षमा उभिन डराउनु नपर्ने बताए ।

    आफ्नो पार्टी कांग्रेस एमसीसीको पक्षमा रहे पनि यसबारे निर्णय गर्न संसदलाई नै दिनुपर्ने दोहोर्‍याउँदै कांग्रेस सभापति देउवाले भने, ‘कांग्रेस एमसीसीको पक्षमा छ । यसलाई अनुमोदन गर्र्नुपर्ने पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । तर, पनि यसको अन्तिम निर्णय गर्ने अधिकार संसदलाई दिउँ । जनप्रतिनिधिलाई नै एमसीसी पास गर्ने कि फेल गर्ने भन्ने विषयलाई टुंग्याउन दिउँ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार