Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा एकैदिन १५ सय ७७ सवारी चालकमाथि कारवाही


    बिहिबार, फाल्गुन ५ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५७७ जना सवारी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

    ट्राफिक प्रहरीले बुधबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरेको हो । 

    महानागरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना छन् । 

    ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने १८ जना, मदिरा पिएर सवारी साधन चलाउने ४३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकहरूलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार