Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रधानमन्त्री देउवा भन्छन्- हामी डराउनु पर्दैन, एमसीसी राष्ट्रको हितमा छ


    बिहिबार, फाल्गुन ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आफू एमसीसी पास गर्न लागिरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् ।

    बिहीबार काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रको हितमा रहेकाे भन्दै यसकाे पक्षमा उभिन डराउन नहुने बताएका हुन् ।  

    संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने समेत बताए ।

    ‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु’ देउवाले भने, ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार