Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालाजुमा बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु


    बिहिबार, फाल्गुन ५ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बालाजुको गंगा हल अगाडि बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।

    आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

    मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

    उनीहरूलाई ठक्कर दिएर बससहित चालक फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार