Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषधसहित युवक पक्राउ


    बिहिबार, फाल्गुन ५ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही । सर्लाही प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । 

    नेपाल-भारत सीमास्थित मलंगवा नगरपालिका-८, बाट चेक जाचँका क्रममा  लागूऔषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो । साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनकाे साथबाट लागूऔषध बामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । 

    प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ-रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइकाे जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार