Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जंगलमा फ्याँकिएको जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो


    बिहिबार, फाल्गुन ५ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार आपगाछी क्षेत्रको उक्त जंगलमा दाउरा खोज्न गएका स्थानीयले झोलाभित्र टाउको र खुट्टा भेटेका थिए। 

    पुरुषको जस्तो देखिने टाउको फेला परेपछि बुधबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यद्यपि उक्त टाउकोको पहिचान भने खुलेको छैन। 

    स्थानीयको खबर लगत्तै त्यस क्षेत्रमा पुगेको प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको जनाइएको छ । टाउको र खुट्टासहितको झोला कसैले हत्या पश्चात फ्याँकेको हुनसक्के प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार