Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिका र जर्मनीले भने- युक्रेनको सीमाबाट उल्लेखनीय संख्यामा रसियाली सेना फिर्ता भएनन्


    बिहिबार, फाल्गुन ५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युक्रेनमा जारी तनाव अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसलाई फेरि अनुरोध गरेका छन । युक्रेनको सीमाबाट रसियाली सेनाको कुनै उल्लेखनीय फिर्ता नभएको भन्दै तनाव अन्त्यका लागि पहल गर्न उनीहरुले संयुक्त अनुरोध गरेका हुन् ।  

    ‘युक्रेनविरुद्ध रसियाली हमलाको जोखिम अझै उच्च छ । अत्यन्त सावधानी आवश्यक छ’, बाइडेन र सोल्जबीचको टेलिफोनवार्तापछि जर्मन चान्सलरको कार्यलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    ‘तनाव अन्त्यका लागि रसियाले वास्तविक कदम चाल्नुपर्छ ’, विज्ञप्तिमा उनीहरुले भनेका छन । युक्रेनविरुद्ध मस्कोले चाल्ने जुनसुकै सैन्य कदमले ‘असामान्य गम्भीर परिणाम निम्त्याउने’ उनीहरुले चेतावनी दिएका छन । 

    दुवै नेताले युक्रेन संकटको समाधानका लागि कूटनीतिक प्रयास जारी राख्नु पर्ने पुटिनको भनाइलाई स्वागत गरेका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार