Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धन संकटमा: गठ त छ, बन्धन टुट्दै


    बिहिबार, फाल्गुन ५ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक झन्डै दुई महिनामा बुधबार बस्यो। तर, एमसीसी टेबल भएन। सत्ता गठबन्धनकै दलका ‘अप्रत्याशित’ निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन्। प्रधानमन्त्री देउवाले अमेरिकी निकायसँगको अनुदान सम्झौता अनुमोदनमा लैजान गठबन्धनका दलले सहयोग गर्ने ‘विश्वास’ लिएका थिए। त्यही कारण कार्यव्यवस्था परामर्श समिति बैठक राख्न सभामुखलाई भनेका थिए। एमसीसी बुधबारै अघि बढाउने ‘माहोल’ बनाउन लागेका थिए देउवा। 

    तर, गठबन्धन दल माओवादी केन्द्रले एमसीसी जबर्जस्ती पेश गरे विपक्षमा मतदान गर्ने निर्णय गर्‍यो। त्यति मात्रै होइन, सरकारबाट पछि हट्ने निर्णय नै उसले लियो। गठबन्धनका अरू दलले पनि उक्त निर्णयमा ‘सही’ थपे। जस्ताको तस्तै सम्झौता अघि नबढाउन प्रधानमन्त्रीलाई ‘दबाब’ दिए। अन्ततः सरकारले एमसीसी अघि बढाएन। 

    गठबन्धनमै विवाद देखिएपछि सभामुखले प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाएका छन्। त्यसअघि सहमति जुनाउन प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बिहीबार डाकेका छन्। उनी अनुदान सम्झौता अनुमोदन गर्न दृढ देखिएका छन्।  तर, माओवादी केन्द्रसहित एकीकृत समाजवादी र अरू दल एमसीसी पारित गर्न नहुने अडानमा छन्। जसपाले पनि बोली फेरेको छ। परिमार्जनबिना एमसीसी पारित गर्न नहुने धारणा जसपाका नेताहरूले व्यक्त गरेका छन। डा. बाबुराम भट्टराई एमसीसी अनुमोदनका पक्षमा छन्। उपेन्द्र यादव भने खुलेका छैनन्। उक्त पार्टीका नेता प्रमोद साहले गठबन्धनमा सहमति जुटाएर मात्रै एमसीसी टेबल गर्नुपर्ने बताए। ‘एमसीसी राम्रै होला तर यसमा राष्ट्रिय सहमति जुटाउन नसक्दा गिजोलियो’, नेता साहले भने, ‘एमसीसी सिधै अनुमोदन गरियो भने ठूलो दुर्घटना निम्तिन सक्छ।’ 

    अब सम्भावित राजनीतिक परिदृश्य यस्तो देखिन्छ। एमसीसी पास हुने, गठबन्धन जोगिने। गठबन्धन टुट्ने, एमाले जोडिने। एमालेको सहयोगमा एमसीसी पास गर्ने। गठबन्धन पनि भत्किने, एमाले पनि नजोडिने, मत पनि नदिने। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार