Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनको निर्णायक बैठकमा जसपा अध्यक्ष यादव उपस्थित नहुने


    बुधबार, फाल्गुन ४ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनको निर्णायक बैठक बिहीबारका लागि बोलाइएको छ । बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल पछि भोलिका लागि गठबन्धनको निर्णाय बैठक बोलाइएको हो । 

    एमसीसी तत्काल पास गर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाको अपेक्षाविपरित गठबन्धनका अधिकांश दल एमसीसीको विपक्षमा रहेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न लागेको हो । 

    नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेको छ । तर माओवादी केन्द्रले आज संसदीय दलको बैठकबाट एमसीसी पास गर्न नसकिने बरु सरकार छाड्ने निर्णय गरेको छ भने नेकपा एस पनि विपक्षमा रहेको छ । गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले यसअघि नै एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । 

    एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको जनता समाजवादी पार्टी (जसपा) पनि पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ । 

    बुधबार एमसीसीलाई प्रतिनिधि सभा बैठकको कार्यसूचीमा पार्न प्रयासरत कांग्रेसलाई जसपाले साथ दिएन । उक्त बैठकमा जसपा सहभागी नै भएन र एमसीसीको विषयमा एमालेकै लाइनमा उभिन पुग्यो । बिहीबारको निर्णायक भनिएको बैठकमासमेत जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी नहुने भएका छन् । 

    एमसीसीको पक्ष वा विपक्षमा मत राख्नु भन्दा सहभागी नहुने तर्फ यादव अघि बढेका हुन् । उनी सिराहामा राखिएको पार्टीको एक सामान्य कार्यक्रममा भोलि सहभागी हुँदैछन् । महत्वपूर्ण बैठकमा उपस्थित हुनु पर्ने भएपनि उनी गठबन्धनको बैठकमा सहभागी नहुने जसपाका एक नेताले जानकारी दिए । 

    ‘एमसीसीको जनताले बिरोध गरिरहेका छन्, चुनाव नजिकएको बेला राष्ट्रघातको अभियोग किन सहने’ अध्यक्ष यादव निकट एक नेताले भने । बैठकमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई उपस्थित हुन सक्ने उनको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार