Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीविरुद्ध महोत्तरीमा माओवादी निकट भातृ संगठनको राँके जुलुस


    बुधबार, फाल्गुन ४ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीमा माओवादी केन्द्र निकट भातृ संगठनले एमसीसीविरुद्ध बुधबार बेलुकी प्रदर्शन गरेका छन् ।

    आज टेबुल हुने कार्य तालिकाबाट सरकार पछि हटे पनि केही दलहरू एमसीसी पास गराउने षड्यन्त्रमा लागि रहेको भन्दै जिल्लाको बर्दिबास सहरमा  वाइसिएलले राँकेजुलुस निकालेको हो ।

    वाइसेल नेपालका प्रदेश इन्चार्ज शङ्कर महतोले  एमसीसी पास गराउन  सरकार लागि परेको बताउँदै त्यसविरुद्ध थप आन्दोलित बन्ने चेतावनी दिएका छन् ।

    राँके जुलुसलाई नियन्त्रण गर्ने क्रममा केहीबेर प्रहरी र वाइसेल कार्यकर्ताबीच झडपसमेत भएको थियो । एमसीसीको आँखा नेपालका प्राकृतिक सम्पदामा परेको बताउँदै इन्चार्ज महतोले ज्यान गए पनि यसको प्रतिवाद गर्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार