Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने


    बुधबार, फाल्गुन ४ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । बुधबार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका थिए । उक्त बैठकले प्रदेशसभा बैठक १६ फागुनमा राख्ने सहमति गरेको हो ।

    प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको छ ।

    प्रदेशसभाको बैठक पुस ८ गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बस्न सकेको छैन । संसद् बस्न नसक्दा सरकारले बनाउनुपर्ने ऐनलगायत महत्वपूर्ण काम गर्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार