Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसीविरुद्ध हस्ताक्षर संकलन गरेर सरकारलाई पठाइयो


    बुधबार, फाल्गुन ४ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गर्दै नेपाल सरकार समक्ष पठाइएको छ । एमसीसी सम्झौता फिर्ताका लागि दबाब स्वरूप नागरिक समाजकातर्फबाट बुधबार दिक्तेलबजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइएको हो । 

    दिक्तेलबजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले नेपाल सरकार समक्ष पुग्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । दिक्तेलबजारमा नो एमसीसी, गो ब्याक एमसीसी, रिजेक्ट एमसीसी, एमसीसी फिर्ता रगलगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गरिएको थियो । 

    पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान संगमपार्क, रत्नपार्क, किरातचोक लगायतका क्षेत्रमा सञ्चालन गरिएको हस्ताक्षर संकलन अभियानमा संलग्न टंक थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार