Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्युत लाइन विस्तार छिटो सक्न मन्त्री सिंहको निर्देशन


    बुधबार, फाल्गुन ४ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । विद्युत लाइन विस्तारमा देखिएको समस्या तत्काल हल गर्न नेपाल विद्युत प्राधिकरणलाई कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेसप्रसाद सिंहले निर्देशन दिएका छन् ।

    चार बर्षअघि ठेक्का लगाएका काम अहिलेसम्म पूरा नभएको भन्दै मन्त्री सिंहले तत्काल ति काम अगाडि नबढाए कडा कदम चाल्ने चेतावनी दिए ।

    कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादवलाई मन्त्री सिंहले कार्यकक्षमा बोलाएर जाजरकोट लगायत जिल्लाको समस्या समाधान गर्न निर्देशन दिएका हुन्नु । चार वर्षअघि लागेका ठेक्काको काम बैशाखसम्म पूरा गर्न निर्देशन आएको जाजरकोटका प्रमुख अविशेकराज कलुवारले बताए । पहुँचको भरमा ठेक्का लिँदै, बीचमा अलपत्र पार्दै गरेका कारण जाजरकोटमा विद्युत लाइन विस्तारमा समस्या देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार